+
+

काबुलको स्कुल बाहिर विष्फोट, ३० जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २६ गते ७:४०

२६ वैशाख, काठमाडौं । अफगानिस्तानको राजधानी काबुलको एक विद्यालय परिसर बाहिर भएको विष्फोटमा ३० जनाको मृत्यु भएको छ । विष्फोटमा अन्य दर्जनौं घाइते भएका छन् ।

घाइतेहरुमध्ये अधिकांश छात्राहरु रहेको समाचार एजेन्सी रोयटर्सले जनाएको छ । उनीहरुको उपचार जारी छ ।

अधिकारीहरुले के उद्देश्यले र कसलाई लक्षित गरी आक्रमण गरियो भन्ने नखुलेको बताएका छन् । शनिबार काबुलको पश्चिममा अवस्थित दश्त–ए–बार्चीको स्कुल बाहिर विष्फोट भएको थियो, जहाँ छात्राहरु थिए ।

समाचार एजेन्सी एएफपीका अनुसार विष्फोटको समयमा सर्वसाधारण नागरिक पनि इद उल फित्रका लागि आवश्यक सामान किन्न नजिकको बजारमा निस्किएका थिए ।

मुस्लिम समुदायको पवित्र महिना रमजान अन्त्यको समयमा इद उल फित्र पर्व मनाइन्छ ।

विष्फोट भएको स्थानमा शिया हजरा समुदायको बसोबास छ । केही वर्षयता यो क्षेत्र चरमपन्थी समूह इस्लामिक स्टेटको निशानामा पर्दै आएको छ । सोही क्षेत्रमा रहेको सरकारी माध्यमिक विद्यालय स्कुल नजिक ठूलो आवाजका साथ विष्फोट भएको थियो ।

घटनाको जिम्मेवारी कसैले लिएको छैन । तालिवान समूहले पनि यो घटनाको निन्दा गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?