+
+

कोरोना संक्रमितलाई खाना खुवाउन निजी संस्थालाई आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २६ गते ९:५२

२६ वैशाख, जनकपुरधाम । प्रदेश २ सरकारको मातहत रहेको प्रादेशिक अस्पताल जनकपुरधामले कोरोना संक्रमितलाई खाना खुवाउन निजी संस्थालाई अनुरोध गरेको छ ।

अस्पतालले कोरोना संक्रमितलाई खाना खुवाइदिन भन्दै मारबाडी युवा मञ्‍चलाई अनुरोध गरेको हो ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमोद यादवले शनिबार मंचलाई पत्राचार गर्दै कोरोना बिरामीहरुको लागि खानाको व्यवस्था मिलाई सहयोग गरिदिन हुन अनुरोध गरिएको छ ।

प्रदेश २ सरकारले हालै मात्र यो अस्पतालमा ८ वटा भेन्टिलेटर जडान गर्नुका साथै १२८ जना जनशक्ति थप गरेको छ । तर खाना खुवाउनका लागि अस्पतालका प्रमुखले अन्य संस्थालाई अनुरोध गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?