+
+
Shares

कांग्रेसको नेतृत्वमा सरकार बनाउन छलफल गरिरहेका छौं : नेता महत

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २६ गते १५:२५

२६ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले कांग्रेसले आफ्नै नेतृत्वमा वैकल्पिक सरकार निर्माणका लागि छलफल गरिरहेको बताएका छन् । यसका लागि दलहरुसँग छलफल चलिरहेको र नेकपा माओवादी केन्द्रले कांग्रेसलाई सहयोग गर्ने निर्णय गरिसकेको उनले बताए ।

आइतबार आफ्नै निवासमा सञ्चारकर्मीसग कुरा गर्दै नेता महतले कांग्रेसको नेतृत्वमा वैकल्पिक सरकार गठन गर्नुपर्ने आवश्यकता रहेको भन्दै जनता समाजवादी पार्टीलाई पनि प्रधानमन्त्री केपी शर्मा ओली विश्वासको मत लिन आउँदा विपक्षमा उभिन आग्रह गरे ।

‘नेपाली कांग्रेस सरकारको नेतृत्व गर्न हतारिएको थिएन । हामीले पाँच वर्षपछि अर्को निर्वाचनबाट नै जनादेश लिएर सरकारमा जाने हाम्रो लक्ष्य थियो,’ उनले भने ‘तर पाँच वर्षका लागि निर्वाचित भनेर आएको ओलीजीको सरकार अन्त्यन्तै गैरजिम्मेवार ठहरियो । त्यसैले हाम्रो संसदमा संख्या कम भएपनि अरु यस्तै सोच राख्ने दलहरु मिलेर यसको विकल्प दिउँ भनेर हामीले त्यो पहल गर्ने निर्णय गरेको हो ।’

नेता महतले कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न सके कोभिड–१९ रोकथाम तथा नियन्त्रण गरी मुलुकलाई भ्रष्टाचारमुक्त बनाएर आउँदो निर्वाचनलाई निष्पक्ष र स्वतन्त्र रुपमा सम्पन्न हुन सक्ने दाबी समेत गरे ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?