Comments Add Comment

सरकारले भन्यो-५४ वटा आईसीयू र पाँच वटा भेन्टिलेटर थपियो

२६ वैशाख, काठमाडौं । सरकारले कोभिड-१९ को दोस्रो लहरको संक्रमणलाई रोकथाम, उपचार र नियन्त्रणका लागि अस्पताल संख्या ५०५ र शैय्या संख्या २० हजार ३६४ पुगेको जनाएको छ ।
गत वैशाख २४सम्म आईसीयू संख्या १ हजार ८१७ र भेन्टिलेटरको संख्या ७३६ रहेकोमा बढेर आईसीयू १ हजार ८७१ र भेन्टिलेटर ७४१ पुगेको सरकारले जनाएको छ । यसअनुसार ५४ वटा आईसीयू र ५ वटा बढेको छ ।

एचडीयूको संख्या २ हजार ८६५ बाट २ हजार ८७७ पुगेको जानकारी प्राप्त भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ ।  त्यसैगरी देशभर अक्सिजन सिलिन्डरको संख्या २७हजार ७६१ रहेको जानकारी प्राप्त भएको कार्यालयको भनाइ छ ।

अर्थ मन्त्रालयका अनुसार कोभिड-१९ रोकथाम, नियन्त्रण र उपचारका लागि अक्सिजन २२हजार ६५३ एमटीक्यू र अन्य मेडिकल उपकरण ५ लाख २ हजार १८४ परिमाणको भन्सारबाट पैठारी भएको छ । जसको कुल रकम रु. ३ करोड ६३ लाख बराबार हुन आउने सरकारी भनाइ छ ।

सरकारले आवश्यक भ्याक्सिन, स्वास्थ्य उपकरण तथा सामग्रीहरू वस्तुगत सहायता स्वरुप उपलब्ध गराइदिन चीन, जापान र गणतन्त्र कोरियाका दूतावासहरूलाई अनुरोध गरेको छ ।

‘कोभिड-१९ को दोस्रो लहरको संक्रमणको दर दैनिक तीव्र गतिमा बढिरहेको छ। यसको रोकथाम, नियन्त्रण र उपचार पद्दतिलाई थप सुदृढ एवम् प्रभावकारी बनाउन संघ, प्रदेश र स्थानीय तहबीच पूर्ण समन्वय र सहकार्य अपरिहार्य छ,’ मनित्रपरिषदको कार्यालयले भनेको छ,’यस विषम परिस्थितिमा सबैले यस संक्रामक रोगविरुद्ध आफू र अरुलाई बच्न र बचाउन भौतिक दुरी कायम राख्ने, मास्क अनिवार्य लगाउने, साबुन पानीले हात बारम्बार धुने जस्ता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी भएका स्वास्थ्य पालना गर्न/गराउन हार्दिक अपिल छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment