Comments Add Comment

कोरोनासँग जुध्न भारतले सेनाका अवकाशप्राप्त डाक्टरको सेवा लिने

२७ वैशाख, काठमाडौं । कोरोनाभाइरस संक्रमणको महामारीसँग जुधिरहेको भारतले सेनाबाट अवकाशप्राप्त चिकित्सकहरुको पनि सेवा लिने भएको छ ।

रक्षा मन्त्रालयले स्वास्थ्य प्रणालीलाई मजबुत बनाउन पूर्वसैन्य चिकित्साकर्मीहरुलाई काममा खटाउने निर्णय भएको जानकारी आइतबार दिएको हो । मन्त्रालयका अनुसार करिब चार सय जना त्यस्ता अधिकारीहरुलाई अधिकतम ११ महिनाको लागि काममा खटाइनेछ ।

भारतमा कोरोना भाइरसको संक्रमण लगातार बढ्दै आएको छ । विगत दुई दिनको अवधिमा लगातार चार हजारभन्दा धेरै संक्रमितको ज्यान गएको छ । संक्रमण नियन्त्रणमा लिने कोशिशमा जुटिरहेको भारत सरकारले धेरैजसो राज्यहरुमा लकडाउन जारी गरेको छ । मानिसहरुको आउ–जाउमा कडा प्रतिबन्ध लगाइएको छ । यसअघि ड्रोनबाट औषधि ढुवानी गर्न अनुमति दिएको थियो । राज्य सरकारहरुले मानिसहरुको भीडभाड हुने गतिविधिमा रोक लगाएका छन् । आपतकालीन सेवाबाहेक सिनेमा हल, रेष्टुरेन्ट, शपिङ मल बन्द गरिएको छ ।

छिटफुट रात्रिकालीन कर्फ्यु लगाएर समस्या समाधानको कोशिश गरिरहेको बेला प्रधानमन्त्री नरेन्द्र मोदीमाथि देशव्यापी लकडाउनको घोषणा गर्ने दबाब बढेको छ । भारतीय चिकित्सा संघ (आईएमए)ले नाइट कर्फ्यु र केही प्रतिबन्धको सट्टा देशव्यापी लकडाउन गर्न माग गरेको छ ।

प्रधानमन्त्री मोदीले कोरोना संक्रमण नियन्त्रणमा प्रभावकारी कदम नचालेको र आफ्नो गल्ती ढाकछोप गर्न खोजेको भन्दै विश्वप्रसिद्ध मेडिकल जर्नल ‘द ल्यासेन्ट’ले सम्पादकीयमार्फत मोदीको आलोचना गरेको छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment