
नायिका जसिता गुरुङले केही समय अगाडि चलचित्र ‘आई एम ट्वान्टी वान’को छायांकन सकाइन् । यो चलचित्रमा अनुवन्धित भएपछि जसिताले सामाजिक संजालबाट आफूलाई टाढा नै बनाएकी थिइन् ।
यो चलचित्रको निर्माणपक्षले हालसम्म चलचित्रको कुनै पनि लुक्स सार्वजनिक गरेको थिएन । जसिताले यो चलचित्रको लागि डबिङ पनि सकाएकी छिन् ।
जसिता यो चलचित्रको छायांकन सकेर अर्को चलचित्र ‘एन्टी हिरो’को प्रतिक्षामा छिन् । तर, भूवन केसीको निर्माणमा बन्ने यो चलचित्र निर्माण हुने या नहुने दोधार नै छ ।
यसैविच, नायिका गुरुङले सामाजिक संजालमा एउटा तस्वीर सार्वजनिक गर्दै लामो समयपछि आफूले आफ्नो लुक्स सार्वजनिक गरेको उल्लेख गरेकी छिन् ।
जसिताले लेखेकी छिन्–‘अन्ततः लामो समयसम्म लुकाएपछि मैले यो लुक्स सार्वजनिक गरेकी छु । सबैलाई सुरक्षित रहन आग्रह गर्दछु ।’
जसिताको यो लुक्स चलचित्र ‘आई एम ट्वान्टी वान’को रहेको अड्कल लगाउन सकिन्छ ।
प्रतिक्रिया 4