७ बैशाख, काठमाडौं । इटालियन सिरी ए मा एसी मिलानले युभेन्ट्सलाई ३-० गोलले पराजित गरेको छ । युभेन्ट्सको घरेलु मैदानमा शानदार जितपछि एसी मिलान तेस्रो स्थानमा उक्लिएको छ । युभेन्ट्स भने पाँचौ स्थानमा झरेको छ ।
एलिएन्ज एरेनामा भएको खेलमा ब्राहिम डियाजले पहिलो हाफको इन्जुरी टाइममा गोल गर्दै एसी मिलानलाई अग्रता दिलाएका थिए ।
यस्तै एन्टे रेबिकले ७८औं र फकायो टोमोरीले ८२औं मिनेटमा गोल गरे ।
जितपछि एसी मिलानले ३५ खेलबाट ७२ अंक जोडेको छ । समान ४२ अंक रहेको एटलान्टा गोल अन्तरमा अघि रहँदै दोस्रो स्थानमा छ । नापोली ७० अंकसहित चौथो स्थानमा छ भने साविक विजेता युभेन्ट्सको ६९ अंक छ ।
इन्टरले यसअघि नै उपाधि पक्का गरिसकेका अवस्थामा सिरी ए मा शीर्ष चारमा रहँदै अर्को सिजन च्याम्पियन्स लिग खेल्नको लागि होड रोमाञ्चक बनेको छ । एटलान्टा, एसी मिलान, नापोली र युभेन्टसहित लाजियो पनि च्याम्पियन्स लिगको होडमा छन् ।
प्रतिक्रिया 4