+
+
Shares

अस्पतालमा अक्सिजनको व्यवस्थापन सीसीएमसीमार्फत गर्न निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २७ गते १५:१२

२७ वैशाख, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका अस्पतालहरुमा अक्सिजन वितरणको व्यवस्थापन कोभिड–१९ संकट सञ्चालन व्यवस्थापन केन्द्र (सीसीएमसी) मार्फत मिलाउन अनुरोध गरेको छ ।

स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रका प्रमुख डा. समिरकुमार अधिकारीले सोमबार एक सूचना जारी गर्दै आवश्यकतामा आधारित भएर सीसीएमसीमार्फत अस्पतालहरुमा अक्सिजन वितरणको व्यवस्था मिलाउन अनुरोध गरेका छन् ।

अस्पतालहरुलाई अक्सिजन वितरण गर्दा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा आधारित भएर अक्सिजन वितरण गर्न केन्द्रले सीसीएमसीलाई भनेको छ ।

हेर्नुहोस् सूचना :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?