News Summary
Generated by OK AI. Editorially reviewed.- नखिपोट फोल्क्सले प्रथम नखिपोट फोल्क्स महिला फुटसल प्रतियोगिता भदौ १९ गतेदेखि नखिपोटस्थित फुटसल भिलेजमा गर्ने भएको छ।
- आयोजकले करिब ३२ टिमको सहभागिता अपेक्षा गरेको छ र टिम दर्ता भदौ १७ गतेसम्म गर्नुपर्ने जनाएको छ।
- प्रतियोगिताको विजेताले १ लाख १ हजार, उपविजेताले ५१ हजार र उत्कृष्ट खेलाडीले ७ हजार ५ सय नगद पुरस्कार पाउने छन्।
५ भदौ, काठमाडौं । नखिपोट फोल्क्सको आयोजनामा प्रथम नखिपोट फोल्क्स महिला फुटसल प्रतियोगिता भदौ १९ गतेदेखि हुने भएको छ ।
प्रतियोगितामा करिब ३२ टिमको सहभागिता अपेक्षा गरिएको आयोजकका संयोजक समित बेघा लिम्बूले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
विजेताले १ लाख १ हजार तथा उपविजेताले ५१ हजार नगद पुरस्कार पाउने छन् । उत्कृष्ट खेलाडीले ७ हजार ५ सय नगद पुरस्कार प्राप्त गर्ने छन् । उत्कृष्ट गोलरक्षक र उदीयमान खेलाडीले जनही ५ हजार नगद पुरस्कार हात पार्ने छन् ।
हरेक टिमले ३ जना राष्ट्रिय फुटसल खेलाडी समावेश गर्न पाउने आयोजकले जनाएको छ । इच्छुकले भदौ १७ गतेसम्म टिम दर्ता गराइसक्नु पर्ने छ ।
संयोजक लिम्बूले नेपालमा पनि महिला फुटसलको क्रेज बढ्दै गएकाले महिला खेलाडीले पनि अवसर पाउन् भन्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताए ।
उनले प्रतियोगिताले हरेक वर्ष निरन्तरता पाउने बताए । दुईदिने प्रतियोगिता खेलहरु नखिपोटस्थित फुटसल भिलेजमा खेलाइने छ ।
प्रतिक्रिया 4