+

फिबा एसिया प्रिक्वालिफायर्स खेल्न जाने बास्केटबल टोलीको बिदाइ

२०८३ भदौ  ५ गते १७:४६ २०८३ भदौ ५ गते १७:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली राष्ट्रिय पुरुष बास्केटबल टोली फिबा एसिया प्रिक्वालिफायर्स खेल्न सोमबार युएई प्रस्थान गर्ने भएको छ।
  • अगष्ट २४ देखि २९ तारिखसम्म हुने प्रतियोगिताका लागि सदिश प्रधानको कप्तानीमा १२ खेलाडीको टोली घोषणा गरिएको छ।
  • राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले शुक्रबार एक कार्यक्रमबीच टोलीलाई बिदाइ गरेका छन्।

५ भदौ, काठमाडौं । फिबा एसिया प्रिक्वालिफायर्समा सहभागी हुन नेपाली राष्ट्रिय पुरुष बास्केटबल टोली सोमबार युएइ प्रस्थान गर्ने भएको छ ।

अगष्ट २४ देखि २९ तारिखसम्म हुने प्रतियोगितामा सहभागी हुने खेलाडीमा सदिश प्रधान (कप्तान), विनोद महर्जन (उप कप्तान), श्रेयसबहादुर शाह, असिम श्रेष्ठ, सौरभ श्रेष्ठ, निश्चल महर्जन, सुदिप पौडेल क्षेत्री, अजय कुश्वाह, कमल थापा, पेम्बा शेर्पा, सिमोन गुरुङ र प्रणयमान श्रेष्ठ रहेका छन् ।

अफिसियलमा नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङ, राजेन श्रेष्ठ र सरोजा कोइराला श्रेष्ठ, टिम व्यवस्थापकमा नरेन्द्र थापा, प्रमुख प्रशिक्षकमा सुशिल गुरुङ, सहायक प्रशिक्षकमा आशिष न्यौपाने, फिजियोमा अभिप्सासिंह कोइराला, मेडिकलमा डा. रुपेश केसी र मिडिया अफिसरमा सिद्धार्थ खड्का रहेका छन् ।

टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे ।

फिबा एसिया कप प्रि-क्वालिफायर

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय