+

साभिन्हो सिटीबाट टोटनहम जाने

२०८३ भदौ  ५ गते १३:२४ २०८३ भदौ ५ गते १३:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • टोटेनहम हट्सपरले म्यान्चेस्टर सिटीका ब्राजिलियन विंगर साभिन्होलाई ७५ मिलियन पाउन्डमा अनुबन्ध गर्ने सहमति गरेको छ ।
  • सम्झौतामा प्रदर्शनमा आधारित थप १० मिलियन पाउन्डसम्मको बोनस समावेश छ, र साभिन्होले मेडिकलपछि दीर्घकालीन सम्झौतामा हस्ताक्षर गर्नेछन् ।
  • टोटेनहमले यस गर्मीमा गरेको खर्च साभिन्होसहित ३०० मिलियन पाउन्ड नाघ्ने भएको छ, जबकि बिक्रीबाट करिब १४० मिलियन पाउन्ड उठाइसकेको छ ।

६ भदौ, काठमाडौं । टोटेनहम हट्सपरले म्यान्चेस्टर सिटीका ब्राजिलियन विंगर साभिन्होलाई ७५ मिलियन पाउन्डमा अनुबन्ध गर्ने सहमति गरेको छ । सम्झौतामा प्रदर्शनमा आधारित थप १० मिलियन पाउन्डसम्मको बोनस पनि समावेश छ ।

२२ वर्षीय साभिन्होले अब मेडिकल परीक्षण पूरा गरेपछि टोटेनहमसँग दीर्घकालीन सम्झौतामा हस्ताक्षर गर्नेछन् ।

साभिन्होलाई भित्र्याउने टोटेनहमको प्रयास एक वर्षअघिदेखिकै हो। गत सिजन उनले एतिहादमै बस्ने निर्णय गरेका थिए, तर पेप ग्वार्डिओलाको टोलीमा पर्याप्त अवसर पाएनन् । उनले प्रिमियर लिगमा केवल सात खेलमा मात्र सुरुआती रोजाइ पाएका थिए ।

यसअघि टोटनहमले माटेउस फर्नान्डेस र सान्द्रो टोनालीलाई अनुबन्ध गर्दै मिडफिल्डमा ठूलो लगानी गरिसकेको छ । साभिन्होसँगै क्लबले यस गर्मीमा गरेको खर्च ३०० मिलियन पाउन्ड नाघ्ने भएको छ, यद्यपी क्रिस्टियन रोमेरो, जेड स्पेन्स र लुका भुस्कोभिचको बिक्रीबाट करिब १४० मिलियन पाउन्ड उठाइसकेको छ ।

टोटनहम अब सिटीकै इजिप्टियन फरवार्ड ओमार मार्मुस र लिभरपुलका कोडी गाक्पोलाई पनि अनुबन्ध गर्ने सम्भावना खोजिरहेको छ ।

-बीबीसीबाट

टोटनहम म्यान्चेस्टर सिटी साभिन्हो

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय