+

फिबा एसिया कप प्रि–क्वालिफायरका लागि नेपाली टोली घोषणा

२०८३ भदौ  ३ गते १४:१८ २०८३ भदौ ३ गते १४:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल बास्केटबल संघले फिबा एसिया कप प्रि–क्वालिफायरका लागि सदीश प्रधानको कप्तानीमा १२ सदस्यीय नेपाली टोली घोषणा गरेको छ ।
  • विनोद महर्जन उपकप्तान बनेका छन् भने सुशील गुरुङ मुख्य प्रशिक्षक र आशिष न्यौपाने सहायक प्रशिक्षक छन् ।
  • फिबा एसिया कप प्रि–क्वालिफायर प्रतियोगिता दुबईमा हुँदैछ, जहाँ नेपालले एसियाली स्तरको प्रतियोगितामा दाबेदारी प्रस्तुत गर्नेछ ।

३ भदौ, काठमाडौं । नेपाल बास्केटबल संघले फिबा एसिया कप प्रि–क्वालिफायरका लागि १२ सदस्यीय नेपाली टोली घोषणा गरेको छ ।

टोलीको कप्तानी सदीश प्रधानले गर्नेछन् भने विनोद महर्जन उपकप्तानको भूमिकामा छन् । टोलीमा श्रेयसबहादुर शाह, निश्चल महर्जन, अजय कुशवाहा, आशिम श्रेष्ठ, सौरव श्रेष्ठ, सुदीप पौडेल क्षेत्री, कमल थापा, साइमन गुरुङ, पेमा शेर्पा र प्रणय मान श्रेष्ठ रहेका छन् ।

टोलीको मुख्य प्रशिक्षकमा सुशील गुरुङ तथा सहायक प्रशिक्षकमा आशिष न्यौपाने छन् ।

फिबा एसिया कपको प्रि–क्वालिफायर प्रतियोगिता दुबईमा आयोजना हुँदैछ । नेपालले यस प्रतियोगितामार्फत एसियाली स्तरको प्रतियोगितामा आफ्नो दाबेदारी प्रस्तुत गर्नेछ ।

फिबा एसिया कप प्रि-क्वालिफायर
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय