Comments Add Comment

विश्वासको मत दिन्नौं, विपक्षमा मतदान गर्छौं : उपेन्द्र यादव

२७ वैशाख, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन नसक्ने बताएका छन् । प्रतिनिधिसभा बैठकमा यादवले विश्वासको मत नभएर विपक्षमा मतदान गर्ने बताए ।

‘संसद असंवैधानिक तरिकाले विघटन गरिदिनुभयो । जनता सडकमा आए । सर्वोच्चले पुनर्स्थापित गरिदियो । जुन संसदमा विश्वास छैन, कसरी मत दिने ?’ यादवले भने ।

प्रधानमन्त्री ओली संघीयता र समानुपातिक/समावेशिता विरोधी भएको उनले बताए । ‘संविधानमा त्रुटि छ, हाम्रो रिजर्भेसन छ । तर यही सरकारले संघीय लोकतान्त्रिक गणतन्त्र लेख्न पाइँदैन भन्ने निर्णय गर्छ । संघीयता भनेको केन्द्रको इकाई मात्रै हो, बढ्ता फूर्ति नदेखाऊ भन्नुहुन्छ ?’ यादवले भने ।

यादवले संघीय गणतन्त्रलाई नै प्रधानमन्त्री ओलीले धरापमा पार्न लागेकाले पनि समर्थन जनाउन नसकिने बताए । नागरिकता समस्या मधेशको हो भन्ने बुझाइले नै अगाडि नबढाइएको पनि यादवले आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment