Comments Add Comment

कैलालीमा थप एक साता निषेधाज्ञा लम्ब्याउन सिफारिस

२८ वैशाख, धनगढी । कैलालीमा जारी निषेधाज्ञालाई थप एक साता लम्ब्याउन सिफारिस गरिएको छ । सोमबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले दोस्रो लहरको कोरोना भाइरसको संक्रमण बढिरहेकाले थप एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय गर्दै प्रमुख जिल्ला अधिकारी समक्ष सिफारिस गरेको हो ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले हाल वैशाख ३० गतेसम्म लागु हुने गरि प्रजिअबाट जारी भएको निषेधाज्ञालाई जेठ ६ गतेसम्म लम्ब्याउन सिफारिस गर्ने निर्णय कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले गरेको जानकारी दिए ।

बैठकले बिहीबारदेखि लागु हुने गरि यसअघि बिहान ६ देखि १० बजेसम्म सञ्चालन भइरहेका अत्यावश्यक बाहेक तरकारी, फलफूल तथा खाद्य वस्तुका पसल व्यवसाय मंगलबार, बिहीबार र शनिबार बिहान ९ बजेसम्म मात्र खोल्न पाउने निर्णय समेत गरेको छ ।

वित्तिय संस्थाका सेवा पनि बन्द

कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले यसअघि बिहान १० देखि दिउँसो १ बजेसम्म सञ्चालन भइरहेका बैँक तथा वित्तिय संघसंस्थालाई समेत बन्द गर्ने निर्णय गरेको छ । तर राजश्व दाखिला र सरकारी कारोवारमा भने रोक लगाइने छैन ।

बैँक तथा वित्तीय संस्थाहरुलाई अत्यावश्यक भुक्तानीका लागि एटीएम र विद्युतीय प्रणालीबाट सेवा प्रवाहको समुचित व्यवस्था मिलाउन समेत निर्देशन दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment