
२८ वैशाख, बुटवल । कोभिड अस्पताल परासीलाई नवलपरासी पश्चिमका संघीय सांसद देवेन्द्रराज कँडेलले व्यवस्था गरेको अक्सिजन सिलिण्डर हस्तान्तरण गरिएको छ ।
कोभिड अस्पतालमा उपचार गराइरहेका संक्रमितलाई अक्सिजन अभाव हुन नदिन सांसद कँडेलले व्यक्तिगत पहलमा खरिद गरेको ६० वटा अक्सिजन सिलिण्डर मंगलबार प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रमार्फत अस्पताललाई हस्तान्तरण गरिएको हो । सांसद कँडेलको पहलमा दुई सय थान अक्सिजन सिलिण्डिर व्यवस्था गरिएको र त्यसमध्ये पहिलोचरणमा जिल्ला अस्पताल परासीलाई ६० थान दिइएको उनका स्वकीय सचिव कमलकिशोर रायमाझीले जानकारी दिए ।
यो अक्सिजन जिल्ला कोभिड अस्पताल र आइसोलेसन सेन्टरहरुमा आवश्यकता अनुसार वितरण गरिने र यसबाट संक्रमित बिरामीको उपचारमा सहजता हुने प्रमुख जिल्ला अधिकारी मिश्रले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4