Comments Add Comment

नेपाल मेडिकल कलेजले भन्यो-अक्सिजन सकिन लाग्यो, बिरामी अन्यत्र लैजाऊ

२८ वैशाख, काठमाडौं । गोकर्णेश्वर नगरपालिका, जोरपाटीस्थित नेपाल मेडिकल कलेज एन्ड शिक्षण अस्पतालले आफ्ना अस्पतालले भर्ना भएका कोभिड-१९ संक्रमकित बिरामीलाई डिस्चार्ज गरेर अन्यत्र लैजान सूचना जारी गरेको छ । अक्सिजन आपूर्ति गर्न नसकेको भन्द अस्पतालले बिरामीलाई अन्यत्र लैजान भनेको हो ।

अस्पतालले अक्सिजन आपूर्ति गरिरहेको ‘सोपान फर्मासिउटिकल्स’को मेसिन बिगि्रएको र अन्य ठाउँबाट पहल गर्दा पनि अक्सिजन नपाएको भन्दै अस्पतालले मंगलबार अपरान्ह ४ बजेसम्म बिरामी डिस्चार्ज गरेर लैजान भन्दै सूचना जारी गरेको हो ।

अस्पतालले अक्सिजन उपलब्ध हुन नसक्ने जानकारी स्वास्थ्य मन्त्रालय, गोकर्णेश्वर नगरपालिका र महानगरीय प्रहरी वृत्त बौद्ध लगायतलाई जानकारी दिइसकिसकक्एो अस्पतालले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment