+
+

वीपी प्रतिष्ठान धरानमा थप एकजना संक्रमितको मृत्‍यु

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २९ गते १०:२७

२९ वैशाख, काठमाडौं ।वीपी प्रतिष्ठान धरानमा कोरोना संक्रमणबाट थप एकजना कोरोना संक्रमितको मृत्‍यु भएको छ ।

धरान-१, सुनसरीकी ७० वर्षीया महिलाको उपचारको क्रमममा वैशाख २८ गते दिउँसो २:३० बजे मृत्‍यु भएको वीपी प्रतष्ठान धरानले जनाएको छ ।

उनलाई वैशाख २८ गते नै कोरोना संक्रमण पुष्टि भएको थियो। उनी उच्च रक्तचापको विरामी थिइन् ।

यससँगै वीपी प्रतिष्ठान धरानमा कोरोना संक्रमणबाट मृत्‍यु हुनेको संख्या १४७ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?