
चलचित्र ‘रिदम, ब्ल्याकमेल, प्रोड्यूसर’ लगायतका चलचित्रमा मुख्य भूमिकामा काम गरेकी नायिका स्वेता भट्टराईका श्रीमान् मिलन सापकोटाको कोरोनाका कारण निधन भएको छ । उनको उपचारका क्रममा मंगलबार काठमाडौंको एक अस्पतालमा निधन भएको हो ।
उनलाई केही दिन अगाडि कोरोना संक्रमण पुष्टी भएको छ । शरीरमा अक्सिजनको तह कम भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । उनको मंगलबार ३ बजे निधन भएको हो ।
मिलन र स्वेताले ७ बर्ष अगाडि लभ म्यारिज गरेका थिए । उनीहरुको एक सन्तान पनि छन् । चलचित्रमा काम गर्दा गर्दै बैबाहिक जीवनमा बाँधिएपछि स्वेता चलचित्र क्षेत्रबाट टाढा भएकी थिइन् ।
मिलनलाई सामाजिक संजालमा चलचित्रकर्मीहरुले श्रद्धाञ्जली अर्पण गरिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4