Comments Add Comment

द्वन्द्व बढेसँगै इजरायली सहरमा संकटकाल घोषणा

२९ वैशाख, काठमाडौं । इजरायलले इजरायली सेना र प्यालेस्टाइनीहरुबीच भएको द्वन्द्व बढेसँगै लोड सहरमा संकटकाल घोषणा गरेको छ । उक्त सहरमा इजरायली अरबीहरुको कारण अशान्ति फैलिनसक्ने जोखिम बढेसँगै इजरायलले उक्त सहरमा संकलकाल लगाइएको हो ।

अहिले इजरायलमा दुवैतर्फबाट आक्रमण भइरहेको छ । उक्त आक्रमणमा परी अहिलेसम्म कम्तीमा ४० जनाको मृत्यु भएको बीबीसीले बताएको छ । गाजा क्षेत्रबाट इजरायलतर्फ रकेट प्रहार भइरहेका छन् भने इजरायलले पनि गाजा क्षेत्रमा हवाई आक्रमण जारी राखेको छ । इजरायलको सेनाले आफ्नो मुलुकमा रकेट आक्रमण भएसँगै त्यसको जवाफमा गाजा क्षेत्रमा चरमपन्थीलाई लक्षित गरी हवाई आक्रमण गरिएको बताएको छ ।

इजरायलमा एक हजारभन्दा धेरै रकेट आक्रमण प्यालेस्टाइनीहरुले गरेका छन् । प्यालेस्टाइनी लडाकुले आफूहरुले इजरायलको तेल अभिभलाई लक्षित गरी आक्रमण गर्ने तयारी गरिरहेको बताएका छन् । मंगलबार इजरायली सेनाले १२ तलाको एक भवन खाली गर्न चेतावनी दिएको छ । यद्यपि उक्त भवनमा गरिएको आक्रमणमा केही आम नागरिकको मृत्यु भएको अधिकारीहरुले बताएका छन् ।

अन्तर्राष्ट्रिय समुदायले अहिले दुवै पक्षलाई द्वन्द्व कम गर्न आग्रह गरेका छन् । स्वास्थ्य अधिकारीहरु र चिकित्सकहरुले दिएको जानकारीअनुसार अहिलेसम्म १० बालबालिकासहित ३५ प्यालेस्टाइनका नागरिक र पाँच इजरायलीको मृत्यु भएको छ ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment