+
+

मनमोहन अस्पतालले पनि भन्यो : नयाँ बिरामी भर्ना लिन्नौं

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २९ गते १६:१४

२९ वैशाख, काठमाडौं । काठमाडौं स्वयम्भूको मनमोहन मेमोरियल अस्पतालले पनि नयाँ बिरामी भर्ना बन्द गरेको छ ।

बुधबार विज्ञप्ति निकालेर अस्पतालले अक्सिजनको मौज्दात केही घण्टाका लागि मात्र रहेको भन्दै नयाँ बिरामी भर्ना नलिने बताएको हो ।

‘हाल परिस्थितिमा अस्पतालमा बेडको समस्या नभए पनि अक्सिजनको आपूर्तिमा आएको समस्याले गर्दा मौज्दात अक्सिजन केही घण्टाभन्दा बढी नरहेकाले कुनै पनि बेला ठूलो दुर्घटना हुन सक्ने परिस्थितिलाई मध्यनजर गर्दै नयाँ बिरामी भर्ना लिन नसकिने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ’ अस्पताल प्रशासनले विज्ञप्तिमा भनेको छ ।

कोरोना भाइरस संक्रमण तीव्र रुपमा बढेपछि अहिले अक्सिजनसहित उपचार आवश्यक पर्ने बिरामीको संख्या धेरै बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?