+
+
Shares

अक्सिजन नपाउँदा बुटवलमा आईसीयूमा उपचाररत पाँच जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २९ गते १६:५४
फाइल तस्वीर

२९ वैशाख, बुटवल । रुपन्देहीको बुटवलस्थित धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालमा अक्सिजन नपाउँदा पाँच जनाको मृत्यु भएको छ ।

समयमा अक्सिजन आपुर्ति हुन नसक्दा आईसीयूमा उपचाररत ४ जना पुरुष र एक महिलाको मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए ।

मृत्यु हुनेमा बुटवल–८का २९ वर्षीय पुरुष, बुटवल– ११का ५२ वर्षीय पुरुष, बुटवल–१२ का ५९ वर्षीय पुरुष र बुटवल–१३ का ५२ वर्षीय पुरुष तथा बर्दघाटकी ४४ वर्षीया महिला रहेको प्रवक्ता गौतमले बताए ।

‘अस्पतालमा माग अनुसार अक्सिजन नभएको र अन्यत्रबाट आउनुपर्ने अक्सिजन आउन आधा घण्टा ढिला हुँदा अक्सिजन सप्लाई रोकिएर संक्रमितको मृत्यु हुन पुग्यो’–अस्पतालका प्रवक्ता डा. गौतमले भने–‘अक्सिजनको अभावले एकातिर बचाउन सकिने विरामीको पनि ज्यान गइरहेको छ, अर्कोतिर अस्पताल प्रशासनलाई निकै तनाव र समस्या भइरहेको छ ।’

उनका अनुसार अक्सिजन आपूर्ति गर्ने उद्योगले आधा घण्टा ढिलो अक्सिजन ल्याइदिएका कारण बिरामीको मृत्यु भएको ती चिकित्सकले बताए । उक्त अस्पतालमा आईसीयूमा १६ जना उपचाररत थिए, तीमध्ये बुधबार पाँच जनाको मृत्यु भएको हो । उद्योगबाट आपूर्ति भएपछि अरु बिरामीले भने अक्सिजन पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?