+
+
Shares

कोरोना रोकथामका लागि स्वीकृति नलिइ सहयोग उठाएपछि विवाद

रासस रासस
२०७८ वैशाख ३० गते १२:३८

३० वैशाख, रोल्पा । कोरोना रोकथाम र उपचारका लागि भन्दै पाल्पाका युवाले सहयोग उठाइ औषधि र स्वास्थ्य सामग्री वितरण गर्न थालेपछि गङ्गादेव गाउँपालिकासँग विवाद भएको छ ।

स्थानीयवासी टेकम वलीले गाउँपालिका र स्थानीय प्रशासनको स्वीकृतिबिना अनियमितता गर्ने उद्देश्यले सहयोग सङ्कलन गर्न लागेकाले सो कार्य रोकेको गाउँपालिका अध्यक्ष वीरबहादुर खत्रीले जानकारी दिए ।

वलीले रु १० लाख सहयोग उठाएर आफूखुशी १० हजारको औषधि वितरण गर्न थालेपछि गाउँपालिकाले सो काम गर्न स्वीकृति नदिएको अध्यक्ष खत्रीको भनाइ छ । गाउँपालिका कार्यालयका कर्मचारी र आसपासका स्थानीयवासीलाई कोरोना देखिएपछि गाउँपालिकाले लकडाउनबाहेक उपचार र रोकथामका काम गर्न चासो नदिएपछि स्थानीय युवाको पहलमा अभियान थालनी गरेको वलीको भनाइ छ ।

जापान तथा साउदीमा रहेका गङ्गादेववासीले कोरोना महामारी रोक्नका लागि आर्थिक सहयोग गर्ने भनेपछि मास्क, स्यानिटाइजर, ग्लोब्सजस्ता स्वास्थ्य सुरक्षा सामग्री तथा सिटामोलजस्ता सामान्य औषधि खरिद गरेर स्थानीय आधारभूत स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गरिएको र एन्टिजेन कीट खरिदको कार्य भइरहेका बेला गाउँपालिका अध्यक्षले अभियानमा हस्तक्षेप गरेको वलीले बताए ।

गाउँपालिका र स्थानीय युवा समूहबीच भएको विवाद आफूसम्म आएको जनाउँदै प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बुझाइमा एकरुपता नआउँदा विवाद भएको बताए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?