
३० वैशाख, काठमाडौं । बाँकेमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप तीनजनाको मृत्यु भएको छ ।
बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार मृत्यु हुनेमा बाँकेका दुई जना र कैलालीका एकजना छन् ।
बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२० का ५० वर्षीय पुरुष, बैजनाथ गाउँपालिका–६ का ६२ वर्षीय पुरुष र कैलालीको टिकापुर–७ की ५६ वर्षीया महिलाको भेरी अस्पतालमा मृत्यु भएको ओलीले बताए । ५० वर्षीय पुरुषको बिहीबार बिहान ८ः३० बजे मृत्यु भएको उनले बताए । उनीमा वैशााख १९ गते संक्रमण पुष्टि भएको थियो । ६२ वर्षीय पुरुषको बिहीबार बिहान १०ः३० बजे मृत्यु भएको थियो । उनीमा वैशाख २६ गते संक्रमण पुष्टि भएको थियो ।
कैलालीकी ५६ वर्षीया महिलाको भेरी अस्पतालमै बिहीबार बिहान ९ः४५ बजे मृत्यु भएको ओलीले बताए । उनीमा वैशाख २४ गते संक्रमण पुष्टि भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4