+
+
Shares

भरतपुर अस्पतालमा थपियो २० बेड आईसीयू

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ३० गते १८:२७

३० वैशाख, चितवन । चितवनको भरतपुर अस्पतालमा थप २० बेड कोभिड आईसीयू थप गरिएको छ । अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीले दिएको जानकारी अनुसार १० बेड कोभिड आईसीयूलाई बढाएर ३० बेड पुर्‍याइएको हो ।

कोरोना भाइरस संक्रमित गम्भीर प्रकृतिका बिरामीको संख्या बढ्दै गएपछि कोभिड आईसीयू थप गरिएको अधिकारीले बताए । अब अस्पतालमा कुल ३० बेड आईसीयू भएको छ ।

त्यसमध्ये ६ बेड कोरोनाको लक्षण भएका तर रिपोर्ट आउन बाँकी भएका बिरामीहरुका लागि छुट्याइनेछ । अब अस्पतालमा पाँच बेड मात्रै जनरल आईसीयू रहेको छ ।

अस्पतालको कोभिड आईसीयूमा अहिले २१ जना बिरामी छन् । एचडीयूमा २५, जनरल बेडमा १५३ जना कोरोना संक्रमित छन् । अस्पतालले कोभिडका बिरामीको उपचारका लागि १६५ बेड छुट्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?