
सलमान खान अभिनित ‘राधे’ फिल्म कि्लयर टिभीको मुभी अन डिमाण्डमा प्रशारण गरेको छ । ‘राधे’ प्रभुदेवा निर्देशित उक्त फिल्म विश्वव्यापी रुपमै बहुप्रतिक्षित फिल्मको रुपमा लिइएको छ ।
नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनी सुबिसु केबलनेट प्रालिले सञ्चालन गरेको कि्लयर टिभी अन्र्तगत फिल्म हेर्न पाइने व्यवस्था गरेको हो ।
निषेधज्ञाको समयमा घरमै रहेको अवस्थामा यसले केही हद सम्म ग्राहकहरुलाई मनोरञ्जन प्रदान गर्दे आएको टिभीले जनाएको छ । बिहिबार विश्व भर औपचारिक रुपमा प्रसारण हुने उक्त फिल्म कि्लयर टिभीको च्यानल नं १११(एच डि) र ११२ (एस डि) मुभी अन डिमाण्डमा प्रसारण हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4