Comments Add Comment

आधा दर्जन बढी कलाकर्मीलाई कोरोना संक्रमण

नेपालमा महामारीको रुपमा फैलिएको कोरोनाको दोश्रो लहरले आधा दर्जन भन्दा बढी कलाकर्मी संक्रमित भएका छन् । कोरोनाका कारण दैनिक ९ हजार भन्दा बढी संक्रमित भएका छन् भने २ सय भन्दा बढीले दैनिक ज्यान गुमाएका छन् । नेपाली मनोरञ्जन दुनियाँका कलाकर्मी पनि यसको चपेटामा परेका छन् ।

कलाकार तथा निर्देशक शिवहरि पौडेल कोरोना संक्रमित भएका छन् । उनको नैकापस्थित एपीअफ अस्पतालमा उपचार भैरहेको छ । अस्पताल भर्ना भए लगतै श्वासप्रश्वासमा समस्या आएपछि उनको अक्सिजनको सहारामा उपचार भैरहेको छ ।

कोरोनाका कारण कलाकार मदनकृष्ण श्रेष्ठ पनि उपचार गराइरहेका छन् । कोरोना संक्रमित भएर ८ दिनसम्म अस्पतालमा उपचार गराएपछि उनी घर फर्किएका थिए । तर, श्वासप्रश्वासमा समस्या आएपछि मदनकृष्णलाई फेरि अस्पतालमा भर्ना गरिएको हो ।

यस्तै, कलाकार सरिता लामिछाने, उनका श्रीमान् निर्देशक ऋषि लामिछाने र उनकी छोरी पनि कोरोना संक्रमणका कारण घरमै आइसोलेसनमा छन् ।

नायिका शिल्पा मास्के, वर्षा राउत पनि कोरोनाका कारण आइसोलेसनमै छन् । वितरक तथा प्रदर्शक नरेन्द्र महर्जन पनि कोरोना संक्रमित भएका छन् । यस्तै, निर्देशक तथा कलाकार दीपक आचार्य पनि कोरोना संक्रमित भएपछि घरमै आइसोलेसनमा छन् । नायिका केकी अधिकारी र गायक प्रकाश सपुतले भने कोरोनालाई जितेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment