+
+

दोस्रो खेप स्वास्थ्य सामग्री लिन नेपाल एयरलाइन्सको जहाज बेइजिङ जाँदै

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ १ गते ७:१६
नेपाल पठाउन तयारी अवस्थामा राखिएका अक्सिजन सिलिण्डर । तस्वीर : नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको ट्वीटर

१ जेठ, काठमाडौं । चिनियाँ अनुदानका अक्सिजन सिलिण्डर लगायतका स्वास्थ्य सामग्री लिन नेपाल एयरलाइन्सको वाइडबडी जहाज शनिबार फेरि बेइजिङ जाँदै छ ।

नेपाल एयरलाइन्सका महाप्रवन्धक डिमप्रकाश पौडेलका अनुसार वाइडबडी जहाज शनिबार साँझ बेइजिङ उड्दैछ । यो जहाजले कम्तिमा ४ सय थान सिलिण्डर, ४ सय थान अक्सिजन कन्सन्टे«टर र अन्य चिकित्सा सामग्री नेपाल ल्याउने छ ।

यसअघि गत वैशाख २७ गते पनि पहिलो खेप स्वास्थ्य सामग्री लिन वाइडबडी जहाज चीनको राजधानी बेइजिङ गएको थियो । चार सय थान अक्सिजन सिलिण्डर, १६० थान अक्सिजन कन्सन्टे«टर, १० थान भेन्टिलेटर लगायतका सामग्री लिएर वैशाख २८ गते जहाज काठमाडौं आइपुगेको थियो ।

चीनले नेपाललाई २० हजार थान अक्सिजन सिलिण्डर अनुदानमा दिने घोषणा यसअघि नै गरिसकेको छ ।

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल पठाउनका लागि दोस्रो खेप अक्सिजन सिलिण्डर तयार भएको जानकारी दिएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?