Comments Add Comment

तानियो रातो मच्छिन्द्रनाथको रथ

१ जेठ, काठमाडौं । वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथ तानिएको छ । हरेक वर्ष रथारोहणको चार दिनमा रथ तान्ने चलनानुसार आज अपराह्न चार बजेर ४५ मिनेटमा रथ तानिएको हो ।

रथ तानेर ललितपुर महानगरपालिका कार्यालय अगाडि सोह्रखुट्टे पाटी परिसरमा पुर्याइएको छ । ज्यापू समाजका अध्यक्ष चन्द्र महर्जनले विश्वभरि फैलिदै गइरहेको नयाँ परिवर्तित रुपको कोरोना भाइरसको महामारीलाई ध्यानमा राखी व्यवस्थित तरिकाले रथ तान्ने योजनानुसार काम गर्न सफल भएकामा खुशी व्यक्त गरे । ‘पुल्चोकको दमकलचोकस्थित जोगाम्बर पीठबाट हामीले सुस्तरीसुस्तरी रथ तानेर परम्परा धान्यौँ, उनले भने ।

महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले यस वर्षको रथ तान्ने काम सकिएको बताए । उनले भने, लगभग डेढ सय मिटर परसम्म रथ तानेर राखियो । आउँदो बुधबार बिहान जुरेको साइतअनुसार लोकेश्वरको मूर्ति झिकी खटमा हालेर बुङ्मती लगिने र रथ फुकाल्ने काम अघि बढ्नेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment