
२ जेठ, नुवाकोट । नुवाकोटको त्रिशूली अस्पतालमा उपचाररत दुईजना कोरोना संक्रमितको आइतबार मृत्यु भएको छ । विदुर नगरपालिका–४ बट्टारकी ३२ वर्षीया महिला र किस्पाङ गाउँपालिका–५ का ३३ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
श्वासप्रश्वासमा समस्या भएपछि वैशाख २७ गते अस्पतालमा उपचारका लागि भर्ना भएकी महिलाको आइतबार मृत्यु भएको अस्पतालले जनाएको छ । यस्तै शनिबार अस्पताल भर्ना भएका ३३ वर्षीय पुरुषको स्वास्थ्यमा जटिलता थपिएपनि सघन उपचार कक्ष खाली नभएका कारण मृत्यु भएको त्रिशूली अस्पताल विकास समितिका अध्यक्ष अर्जुन न्यौपानेले जानकारी दिए ।
नुवाकोटमा हाल ६६८ जना सक्रिय संक्रमित रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4