Comments Add Comment

संक्रमित सञ्चारकर्मीका लागि सुनसरीमा मोबाइल डाक्टर सेवा

२ जेठ, काठमाडौं । प्रेस युनियन सुनसरीले जिल्लाका कोरोना संक्रमित सञ्चारकर्मीलाई घरमै पुगेर निःशुल्क परामर्श सेवा दिने भएको छ । कोरोना संक्रमित सुनसरीका सञ्चारकर्मीहरुलाई घरमै गएर डाक्टर, नर्ससहित निःशुल्क परामर्श सेवा दिइने प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले बताए ।

दोस्रो लहरको कोरोना भाइरसको संक्रमणबाट सुनसरीमा एक दर्जनभन्दा बढी सञ्चारकर्मी संक्रमित भइसकेको उनले बताए । ‘अस्पतालमा बेड अभावका कारण धेरैजसो संक्रमित सञ्चारकर्मी साथीहरु होम आइसोलेसनमै बसिरहनु भएको छ । उहाँहरुलाई सहयोग पुगोस् भनेर घरमै निःशुल्क परामर्श सेवा सुरु गर्न लागेका हौं,’ अधिकारीले भने ।

डा. अमितकुमार खतिवडा र स्टाफ नर्स किरण चौधरीले संक्रमित सञ्चारकर्मीलाई घरमै गएर निःशुल्क परामर्श दिनेछन् ।

युनियनले गत वर्ष सुनसरीका २६० जना सञ्चारकर्मीको निःशुल्क कोरोना बीमा गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment