+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
139/9 (20)
VS
Sudurpaschim royals won by 45 runs
कर्णाली याक्स 2025
94/10 (19.2)
Shares

ओमानका श्रमिकले पठाएका ५६० अक्सिजन सिलिण्डर हस्तान्तरण

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ २ गते १५:५१

२ जेठ, काठमाडौं । नेपालको कोभिड महामारीमा सघाउन मध्यपूर्वी मुलुक ओमानमा रहेका नेपाली श्रमिकहरुले खरिद गरेका ५ सय ६० थान अक्सिजन सिलिण्डर नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ ।

प्रतिसिलिण्डर ४० लिटर अक्सिजन अट्ने यी सिलिन्डर आइतबार नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ ।

मध्यपूर्वमा रहेका नेपालीहरु एवं ओमानस्थित नेपाली दूतावासको सहयोग तथा सहकार्यमा शनिबार नेपाल ल्याइएका रु ७५ लाख भन्दा बढीको अक्सिजन सिलिण्डर आइतबार एक कार्यक्रमका बीच गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त र संस्थापक अध्यक्ष डा उपेन्द्र महतोले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरेका हुन् ।

ओमानदेखि काठमाडौंसम्म ल्याइएको अक्सिजन सिलिन्डर ढुवानीको खर्च भने नेपाल सरकारले बेहोरेको हो । सिलिण्डर हस्तान्तरण गर्दै अध्यक्ष पन्तले सबै प्रदेशमा वितरण गर्न अनुरोध गरे । नेपालका विभिन्न स्थानहरुमा वितरण गर्न दाताहरुको अनुरोध सहितको पत्र समेत मन्त्री त्रिपाठीलाई हस्तान्तरण गरिएको थियो ।

अध्यक्ष पन्तले कोभिड – १९ संक्रमणले हाल नेपालमा ज्यादै कठिन र दुखदायी अवस्था सिर्जना हुँदै गइरहेको र संक्रमणका कारण मानवीय क्षति पनि बढ्दो रहेको भन्दै विदेशमा रहेका नेपालीहरुले यस संकटको घडीमा मानवीय सहायताको लागि हात अघि बढाएको बताए । संघले विदेशस्थित राजदूतावास, कूटनीतिक नियोग, संघका राष्ट्रिय समन्वय समिति लगायत विभिन्न नेपाली संघसंस्था तथा आम गैरआवासीय नेपालीहरुसँग सहकार्य गरिरहेको उनले बताए।

संघका संस्थपक अध्यक्ष डा महतोले आफ्नो मुलुकमा आपत परेको बेलामा जहिले पनि गैरआवासीय नेपालीहरुले सहयोग गरेको र भविष्यमा पनि गरिरहने बताए ।

मन्त्री त्रिपाठीले संकटमा समयमा सहयोग गरेकोमा संघ प्रति हार्दिक आभार प्रकट गरे । मन्त्री त्रिपाठीले संघबाट प्राप्त अक्सिजन सिलिण्डर आवश्यकता अनुसार लुम्बिनी प्रदेश २०० थान, सुदूरपश्चिम प्रदेश १०० थान, कर्णाली प्रदेश १०० थान, प्रदेश नम्बर २ मा ८५ थान र गण्डकी प्रदेशलाई ७५ थान वितरण गर्न निर्देशन दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?