+
+
WC Series
काठमान्डु गोर्खाज 2025
157/8 (20)
VS
५२ बलमा ८४ रन आवश्यक
लुम्बिनी लायन्स 2025
74/6 (11.2)
Shares

रौतहटमा ५ जना संक्रमितको मृत्यु, ७५ जना थपिए

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ २ गते १६:४३

२ जेठ, रौतहट । आइतबार एकैदिन रौतहटमा कोविड १९ का ७५ संक्रमित थपिएका छन् । जिल्ला अस्पतालको पीसीआर ल्याबमा गरिएको स्वाब परीक्षणमा ७५ जनामा संक्रमण पुष्टि भएको छ ।

आइतबार भएको २३० जनाको स्वाब परीक्षणमा ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । आइतबार थपिएका मध्ये सबै भन्दा बढी चन्द्रपुर नगरपालिका ३३ जना रहेका छन् ।

जिल्लामा सबैभन्दा बढी चन्द्रपुरमा १ सय १३ जना र गौरमा १०८ संक्रमित रहेका छन्। यसैगरी वृन्दावन नगरपालिकामा ३ जना रहेका छन्। रौतहटमा कोरोना संक्रमितको कुल संख्या ६ सय ४६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा अस्थायी कोविड अस्पताल गौरमा चारजना र नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्‍जमा उपचारको क्रममा एकजना संक्रमितको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?