+
+
Shares

होम आइसोलेसनमा बस्नेको संख्या एक लाख नाघ्यो

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ २ गते १८:१४

२ जेठ, काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमण भई होम आइसोलेसनमा बस्नेको संख्या एक लाख नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार होम आइसोलेसनमा रहनेको संख्या एक लाख एक हजार ७७१ रहेको छ । जसमध्ये सबैभन्दा धेरै वाग्मती प्रदेशमा ४८ हजार ८९३ जना र लुम्बिनी प्रदेशमा २१ हजार ४२७ जना रहेका छन् ।

त्यस्तै प्रदेश १ मा आठ हजार ५७१, गण्डकीमा सात हजार ५४२, प्रदेश २ मा पाँच हजार ९१०, सुदूरपश्चिममा पाँच हजार ७४३ र कर्णाली प्रदेशमा तीन हजार ६८५ जना होम आइसोलेसनमा रहेका मन्त्रालयले जनाएको हो ।

आइतबार संस्थागत आइसोलेसनमा सात हजार ९६९ जना रहेका छन् । जसमध्ये एक हजार ३३१ जना आईसीयूमा र ३७० जना भेन्टिलेटरमा उपचाररत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?