+
+
Shares

आरजु देउवाले दिइन् अक्सिजन प्लान्ट खरिदका लागि १० लाख रुपैयाँ

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ २ गते १८:५१

२ जेठ, धनगढी । नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवाले अक्सिजन प्लान्ट खरिदका लागि धनगढी उपमहानगरपालिकालाई १० लाख रुपैयाँ आर्थिक सहयोग गरेकी छन् ।

नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाकी पत्नी समेत रहेकी देउवाले आइतबार अक्सिजन प्लान्ट र सिलिन्डर खरिदका लागि उपमहानगरपालिकाले खडा गरेको मेयर कल्याणकारी कोषमा उक्त रकम जम्मा गरेकी हुन् । कोरोना संक्रमितको उपचारका लागि अक्सिजन प्लान्ट स्थापना र सिलिन्डर खरिद गर्न देउवाले उक्त रकम सहयोग गरेको उनको स्वकीय सचिव प्रकाश देउवाले जानकारी दिए ।

धनगढी उपमहानगरपालिकाले खडा गरेको मेयर कल्याणकारी कोषमा यहाँका उद्योगी, व्यवसायी लगायतकाले सहयोग गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?