Comments Add Comment

लकडाउनमा अनौठो निवेदन : सहवासका लागि जान पास चाहियो !

कोरोना भाइरस महामारीको दोश्रो लहरले उग्र रुप लिइरहेको बेला नेपाल र छिमेकी मुलुक भारतमा समेत अधिकांश भागहरुमा लकडाउन भइरहेको छ ।

लकडाउनका बेला अत्यावश्यक बाहेकका सबै क्षेत्र बन्द गरिएका छन् । अत्यावश्यक कामका लागि घरबाट निस्कनुपर्ने मानिसहरुका लागि सम्बन्धित प्रशासनले अनुमतिपत्र अर्थात् पासको व्यवस्था गर्ने गरेको छ ।

भारतको केरला राज्यमा पनि हाल कोभिड १९ का कारण लकडाउन चलिरहेको छ । जसका कारण अत्यावश्यकीय कामका लागि निस्किनुपर्ने मानिसहरुले विद्युतीय पासका लागि आवेदन गर्नुपर्दछ र त्यस्तो पास प्राप्त भइसकेपछि मात्र सो लिएर हिड्नु पर्दछ ।

अधिकारीहरुले दिनहुँ लाखौँको संख्यामा यस्ता निवेदन प्राप्त गरिरहेका छन् । त्यस्ता निवेदनमा अधिकांश निवेदकले बाहिर निस्कनु पर्ने कारण वस्तुपरक तथा यथार्थ उल्लेख गर्ने गरेका हुन्छन् । तर कतिपय निवेदकले चाहिँ निकै बनावटी तथा अनौठो कारण उल्लेख गरेर समेत पासका लागि निवेदन पेश गर्ने गरेका छन् । यसैमध्येको एक महा अनौठो निवेदन हालै केरला पुलिसले प्राप्त गर्‍यो ।

केरलाको कान्नापुरमस्थित कान्नुरमा बस्ने एक व्यक्तिले सहवासका लागि बेलुकी घर बाहिर निस्किनुपर्ने भन्दै पासका लागि निवेदन पेश गरे । उनले ई-पासका लागि दिएको आवेदनमा पास चाहिनुको कारण ‘गो फर सेक्स’ उल्लेख थियो । जब प्रहरीले त्यस्तो अनौठो निवेदन प्राप्त गर्‍यो तब वालामट्टनममा रहेको प्रहरी कार्यालयले आवेदक व्यक्तिको खोजी सुरु गरिहाल्यो ।

प्रहरीले उक्त व्यक्तिलाई समातेर प्रहरी चौकीमा ल्यायो र सम्भोगका लागि बेलुकी घरबाहिर निस्किनुपर्ने भन्दै पासका लागि निवेदन पेश गर्नाको कारण सोध्यो ।

प्रहरीले अनलाइनमा प्राप्त उनको निवेदन देखाएपछि ती व्यक्ति छाँगाबाट खसेजस्तो भए । आफूले बेलुकी ६ बजे कामका लागि घरबाहिर निस्किनुपर्ने भन्ने लेखेको तर ‘सिक्स ओ’क्लक’ लेख्नुपर्नेमा गल्तीले ‘फर सेक्स’ हुन पुगेको उनले प्रष्टीकरण दिए । हिज्जे र सन्दर्भमै गल्ती भएको कुरा आफूले थाहा नपाएको र गल्ती भएको निवेदन नै पेश हुन आएकोमा उनले माफी मागे ।

उनले गल्ती स्वीकार गरेसँगै प्रहरीले ती व्यक्तिलाई छाडेको थियो ।

स्मरण रहोस् केरलामै केही दिनअघि एक व्यक्तिले डण्डिफोरको उपचार गराउन जानका लागि पास चाहिएको भनेर दिएको निवेदन भाइरल बनेको थियो ।

टाइम्सनाउबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment