+
+
Shares

हिम्मत हार्नु हुन्न, कम्युनिष्ट एकता आवश्यक छ : श्रेष्ठ

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ ३ गते १५:४७

३ जेठ, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठ प्रकाशले अझै पनि कम्युनिष्ट पार्टीहरुबीच एकता आवश्यक रहेको बताएका छन् । विदेशी शक्तिका साथै एकताको मर्म नबुझ्ने प्रवृत्तिले एकतामा भाँजो हालेको उनले बताए ।

एमाले र माओवादी केन्द्रले राजनीतिक परिवर्तनको रक्षा गरी राष्ट्रिय स्वाधीनता सुदृढ गर्ने, सामाजिक–आर्थिक रुपान्तरण गर्ने र समाजवाद स्थापना गर्ने लक्ष्यका साथ पार्टी एकता गरेको भए पनि देशी विदेशी शक्तिको योजनामा फुटाइएको उनले दाबी गरे ।

‘हाम्रो उद्देश्यलाई कायमै राख्नुपर्छ’ सोमबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै माओवादी केन्द्रका नेता श्रेष्ठले भने, ‘पार्टी एकता एकचोटि विदेशी र देशभित्रका पार्टी एकताको मर्म नबुझ्ने र जनताप्रति गम्भीर र इमान्दार नहुने प्रवृत्तिले पार्टी एकतालाई विभाजनमा पुर्यायो भनेर कम्युनिष्टहरुको एकता काम नलाग्दो रहेछ भन्ने सोच्नु गलत हुन्छ ।’

उनले अघि भने, ‘वैचारिक राजनीतिक कार्यदिशालाई सही ढंगले प्रष्ट पारेर, सांस्कृतिक रुपान्तरणको अभियान पनि कम्युनिष्ट आन्दोलनमा अगाडि बढाएर जानुपर्छ ।’

समयमै विभिन्न विषयमा ध्यान दिन नसक्नु कमजोरी भएको र कमजोरी सच्याउन खोज्दा पार्टी विभाजन भएको उनले बताए । यद्यपि कम्युनिष्ट पार्टीहरुबीचको एकीकरण गर्न आफूहरुले हिम्मत नहार्ने माओवादी केन्द्रका नेता श्रेष्ठले बताए ।

‘कमजोरी सच्याउने प्रयत्न गर्दा विदेशी र यहाँभित्रको प्रतिगामी शक्तिका कारण नकारात्मक चुनौतीको सामना गर्नुपरेको छ । तर हामी हिम्मत हार्दैनौं’ उनले भने, ‘कम्युनिष्टहरुले हिम्मत हार्नुहुँदैन । हामीले बाह्य शक्तिहरुको हस्तक्षेपबाट देशको स्वाधीनताको रक्षा गर्ने, प्रतिगमनको दिशातिर देशलाई लैजान नदिने, कम्युनिष्ट आन्दोलनलाई फेरि एकीकरण गर्ने दिशातिर लैजाने तर त्यसको निम्ति पहिला वैचारिक, राजनीतिक लाइनमा प्रष्टता हासिल गर्ने ।’

त्यसका लागि पहिले आफ्नो पार्टीलाई नै रुपान्तरण गर्नुपर्ने नेता श्रेष्ठले औंल्याएका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?