+
+

रुकुम हत्याकाण्डको सम्झनामा वृहत नागरिक आन्दोलनले भर्चुअल कार्यक्रम गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ ४ गते १४:०५

३ जेठ, काठमाडौं । बृहत नागरिक आन्दोलनले जेठ १० गतेलाई प्रेमविरोधी जात व्यवस्थाको प्रतिरोध दिवसको रुपमा सम्झना गर्ने भएको छ ।

गत वर्ष जेठ १० गते प्रेमिकासँग विवाह गर्न गएका जाजरकोटको भेरी नगरपालिकाका नवराज विक र उनका ५ जना साथीको रुकुम पश्चिमको चौरजहारी नगरपालिका–६ सोती गाउँमा सामूहिक हत्या भएको थियो ।

उक्त दिनको सम्झनामा १० जेठलाई प्रेमविरोधी जात व्यवस्थाको प्रतिरोध दिवस मनाउन लागिएको बृहत नागरिक आन्दोलनले विज्ञप्ति निकालेर जनाएको छ । कोरोना महामारीलाई ध्यानमा राखी त्यस दिनको कार्यक्रम भर्चुअल माध्यमबाट गरिने भएको छ ।

उक्त दिवसको अवसरमा विभिन्न व्यक्तित्वका कविता, कला तथा भिडियो अभिव्यक्ति जेठ १० सम्म निरन्तर प्रवाह गरिने वृहत नागरिक आन्दोलनले जनाएको छ । त्यसपछि जेठ १० गते विशेष भर्चुअल प्रतिरोध कार्यक्रम आयोजना हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?