Comments Add Comment

रुपन्देहीमा कोरोना संक्रमणबाट पत्रकारको मृत्यु

५ वैशाख, बुटवल । कोरोना संक्रमण भइ उपचाररत रुपन्देहीका पत्रकार हिक्मत चौधरीको मृत्यु भएको छ ।

तिलोत्तमा–५ का ६१ वर्षीय पत्रकार हिक्मत चौधरीको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा बुधबार बिहान ३.१५ बजे मृत्यु भएको हो ।

रुपन्देहीमा कोरोना संक्रमणका कारण मृत्यु हुने उनी पहिलो पत्रकार हुन् । वैशाख २५ गतेदेखि कोरोना अस्पतालमा उपचाररत चौधरीको शुरुमा एचडीयू, त्यसपछि आईसीयू र केही दिनदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए ।

त्यसअघि चौधरी तिलोत्तमा नगरपालिकाको शंकरनगरस्थित आइसोलेसनमा पांच दिन बसेका थिए ।रेडियो लुम्बिनी मणिग्राममा १५ वर्षसम्म कार्यररत चौधरीलाई कोरोनाको असर देखाउंदै गत वर्ष कामबाट निकालिएको थियो ।

चौधरीका श्रीमती,२ छोरा, ४ छोरी छन् । पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले चौधरीको निधनले एक असल, इमान्दार र कर्मठ पत्रकार गुमाउनुपरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment