+
+
Shares

रुपन्देहीमा कोरोना संक्रमणबाट पत्रकारको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ ५ गते ११:२९

५ वैशाख, बुटवल । कोरोना संक्रमण भइ उपचाररत रुपन्देहीका पत्रकार हिक्मत चौधरीको मृत्यु भएको छ ।

तिलोत्तमा–५ का ६१ वर्षीय पत्रकार हिक्मत चौधरीको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा बुधबार बिहान ३.१५ बजे मृत्यु भएको हो ।

रुपन्देहीमा कोरोना संक्रमणका कारण मृत्यु हुने उनी पहिलो पत्रकार हुन् । वैशाख २५ गतेदेखि कोरोना अस्पतालमा उपचाररत चौधरीको शुरुमा एचडीयू, त्यसपछि आईसीयू र केही दिनदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए ।

त्यसअघि चौधरी तिलोत्तमा नगरपालिकाको शंकरनगरस्थित आइसोलेसनमा पांच दिन बसेका थिए ।रेडियो लुम्बिनी मणिग्राममा १५ वर्षसम्म कार्यररत चौधरीलाई कोरोनाको असर देखाउंदै गत वर्ष कामबाट निकालिएको थियो ।

चौधरीका श्रीमती,२ छोरा, ४ छोरी छन् । पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले चौधरीको निधनले एक असल, इमान्दार र कर्मठ पत्रकार गुमाउनुपरेको बताए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?