Comments Add Comment

गुल्मीमा मिर्गौला प्रत्यारोपण गरेका एक व्यक्तिले जिते कोरोना

५ जेठ, गुल्मी । गुल्मीमा मिर्गौला प्रत्यारोपण गरेका एक व्यक्ति कोरोना भाइरस संक्रमणमुक्त भएका छ । रेसुङ्गा नगरपालिका–४ अर्खलेका ३८ वर्षीय युवराज भण्डारीले कोरोना जितेका हुन् ।

२०७२ सालमा मिर्गौला प्रत्यारोपण गरेका भण्डारीले दरिलो आत्मबलले नै कोरोना जित्न सफल भएको बताए । कोरोना संक्रमित भएको बेला परिवार आफन्त तथा साथीभाइहरुको हौसला नै मुख्य औषधि हुने भण्डारीले बताए ।

कोरोना संक्रमण पुष्टि भएको २० दिनपछि उनी संक्रमणमुक्त हुन सफल भएका हुन् । आफन्तको हौसलाले मनमा उत्साह र डक्टरहरुको निरन्तर सम्पर्कमा रहेर निर्देशन पालना गरेर कोरोना संक्रमणमुक्त भएको भण्डारीले बताए ।

भण्डारीले कोरोना संक्रमण भएपछि सामाजिक सञ्जालमा लेखेका थिए, ‘म किड्नी ट्रान्सप्लान्ट गरेको बिरामी त्यसैमा पनि कोरोनाको संक्रमणबाट आक्रान्त हुँदा बाँच्ने झिनो आशा बोकेर संघर्षको मैदानमा होमिए’ ।

‘अनि करिब २० दिनको एकान्तबासमा सहभागी भए । त्यो समय मेरा लागि एक वर्षभन्दा नि लामो भयो,’ भण्डारीले भने, ‘घरिघरिको त्यो पीडा सहन नसकेर छट्पटिइरहँदा परिवारको मीठो साथ र आफन्तको हौसलाले कताकता मनमा उत्साह पलाउन थाल्यो अनि डाक्टरहरुको निरन्तर सम्पर्कमा रहेर उहाँको निर्देशन निरन्तर फलो गर्न थाले ।’

कोरोना रिपोर्ट नेगेटिभ आएपछि गाउँ छिमेक सबैमा खुसीयाली छाएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment