Comments Add Comment

बाँकेमा १३ घण्टाको अवधिमा थप १७ जना संक्रमितको मृत्‍यु

५ जेठ, काठमाडौं । बाँकेका विभिन्न अस्पतालमा उपचाररत थप १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मंगलबार साँझ ५ बजेदेखि बुधबार बिहान ६:३० बजेसम्म यी संक्रमितको मृत्यु भएको छ।

जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार मृतक मध्ये ८ जना बाँके, ३ जना बर्दिया, २/२ जना दाङ, रूकुम पश्‍चिम र कैलालीका छन् ।

भेरी अस्पतालमा उपचाररत नेपालगञ्‍ज उपमहानगरपालिका- १८ की ७३ वर्षीया महिलाको मंगलबार साँझ ५: १५ बजे, नेपालगञ्‍ज उपमहानगरपालिका-६ का ४५ वर्षीय पुरूषको मंगलबार राति ९ बजे र नेपालगञ्‍ज उपमहानगरपालिका-४ का ६७ वर्षीय पुरूषको बुधबार विहान ४ बजे मृत्‍यु भएको छ ।

यस्तै नेपालगञ्‍ज मेडिकल कलेजमा उपचाररत बाँकेकै कोहलपुर नगरपालिका-१२ का ४१ वर्षीय पुरूषको मंगलबार साँझ ८:३५ बजे, राप्तीसोनारी गाउँपालिका-२ की ५९ वर्षीय महिलाको मंगलबार राति ११:३० बजे, कोहलपुरु नगरपालिका ११ की ५८ वर्षीया महिलाको बुधबार विहान ३ बजे मृत्‍यु भएको छ ।

बाँकेकै नेपालगञ्‍ज उपमहानगरपालिका २ का ६१ वर्षीय पुरूषको बुधबार विहान ५ बजे र कोहलपुर नगरपालिका ४ का ४२ वर्षीय पुरूषको बुधबार विहान ४: १५ बजे नेपालगञ्‍ज मेडिकल कलेजमा उपचारको क्रममा मृत्‍यु भएको छ ।

यस्तै भरी अस्पतालमा उपचाररत बढैयाताल गाउपालिका-२ बर्दियाका 84 वर्षीय पुरूषको मंगलबार राति ८: ४५ बजे, ठाकुरबाबा नगरपालिका ९का ६३ वर्षीय पुरूषको बुधबार विहान ५ बजे र ठाकुरबाबा नगरपालिका १ की ३८ वर्षीया महिलाको बुधबार विहान ५:१५ बजे मृत्यु भएको छ ।

यस्तै नेपालगञ्‍ज मेडिकल कलेजमा उपचाररत गढवा गाउँपालिका-७ दाङकी ३० वर्षीया महिलाको मंगलबार साँझ ५ बजे मृत्‍यु भएको छ भने तुलसीपूर उपमहानगरपालिका-२ दाङका ६५ वर्षीय पुरूषको भरी अस्पतालमा उपचारको क्रममा बुधबार विहान ५:३० बजे मृत्‍यु भएको छ ।

यस्तै नेपालगञ्‍ज मेडिकल कलेजमा उपचाररत त्रिवेणी गाउँपालिका-१ रूकुम पश्‍चिमकी २७ वर्षीया महिलाको बुधबार विहान ४ बजे र सानोभेरी नगरपालिका ११ का ३६ वर्षीय पुरूषको मंगलबार राति ८: ३० बजे मृत्‍यु भएको छ ।

यस्तै भरी अस्पतालमा उपचाररत टिकापुर नगरपालिका-१६ कैलालीका २८ वर्षीय पुरूषको बुधबार विहान २ बजे र लम्कीचुहा नगरपालिका-५ कैलालीकी ६८ वर्षीया महिलाको बुधबार विहान ६:३० बजे मृत्‍यु भएको छ ।

योसँगै बाँकेमा जिल्ला भित्रका २५३ जना र जिल्ला बाहिरका २०९ जना कोरोना संक्रमतिको उपचारका क्रममा मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment