+
+
Shares

संक्रमितको शव व्यवस्थापनमा कैलालीमा खटिए महिला सैनिक

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ ५ गते १३:४३

५ जेठ, धनगढी । कैलालीमा कोरोना संक्रमितको शव व्यवस्थापनका लागि नेपाली सेनाले महिला सैनिकलाई पनि खटाएको छ ।

धनगढीमा रहेको नेपाली सेनाको भवानी दल गणले बुधबारदेखि उप-सेनानी शशी खड्काको कमाण्डमा ५ जनाको टोली संक्रमितको शव व्यवस्थापनमा खटाएको जनाएको छ ।

भवानी दल गणका प्रमुख सेनानी विकास केसीले उक्त टोलीले विशेषगरी कोरोना संक्रमणबाट ज्यान गुमाएका महिला तथा बालबालिकाको शव व्यवस्थापन गर्ने जानकारी दिए ।

‘सैनिक महिलाहरुलाई संक्रमितको शव व्यवस्थापनका लागि तालिम दिइरहेका थियौँ,’ प्रमुख सेनानी केसीले अनलाइनखबरसँग भने, ‘आजदेखि परिचालन गरेका छौँ ।अब उहाँहरुले महिला तथा बालबालिकाको शव व्यवस्थापन गर्नेछन् ।’

नेपाली सेनाको भवानी दल गणबाट कोरोना संक्रमितको शव व्यवस्थापनका लागि सैनिक पुरुषका ३ वटा टोली परिचालन गरिएका थिए ।

‘१०/१५ जना गरेर हामीले तीन वटा टोली परिचालन गरेका थियौँ, ’ केसीले भने, ‘आजदेखि चार टोली भएका छन् । आवश्यकताका आधारमा थपघट गर्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?