
५ जेठ, विराटनगर । मोरङको रंगेली नगरपालिकामा हत्या गरी फालिएको अवस्थामा महिलाको शव फेला परेको छ । रंगेली नगरपालिका–३ को नहरखण्डमा हत्या गरी फालिएको अवस्थामा २४ वर्षीय महिलाको शव फेला परेको प्रहरीले जनाएको छ ।
बुधबार पानी नरहेको नहरको बीच भागमा घाँटी रेटिएको अवस्थामा २४ वर्षीया अनिता यादवको शव फेला परेको हो । यादवको घर घटनास्थलबाट करिब दुई किलोमिटर टाढा मात्रै छ ।
अनिताको शव नहरमा भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए । ‘घाँटी रेटेर हत्या गरी फालिएको अवस्थामा शव भेटिएको हो,’ उनले भने, ‘शव भेटिएपछि अनुसन्धान सुरु गरेका छौं ।’
प्रहरी स्रोतका अनुसार हत्यामा परिवारकै संलग्नताको आशंका गरिएको छ । प्रहरीले घटनाको अनुसन्धाका लागि मृतकका श्रीमान्, सासु, ससुरा र देवरलाई पक्राउ गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4