+
+
Shares

पर्सामा जेठ १३ गतेसम्म निषेधाज्ञा लम्ब्याउन सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ ५ गते १६:५५

५ जेठ, वीरगञ्ज । कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि पर्सामा जेठ १३ गतेसम्म निषेधाज्ञा जारी राख्न सिफारिस गरिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठकले जेठ १३ गते मध्यराति १२ बजेसम्म निषेधाज्ञा जारी राख्न प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गरेको हो ।

डीसीसीएमसीको बैठकले कोभिड–१९ को संक्रमण नियन्त्रण र रोकथामका लागि लगाइएको निषेधाज्ञा संक्रमणको शृंखला तोड्न उपयोगी देखिएकाले एक साता थप गर्न प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

नयाँ भेरियन्टसहितको कोरोना संक्रमण तीव्र रुपमा समुदायस्तरमै फैलिएपछि वैशाख १६ गतेदेखि पर्सामा निषेधाज्ञा जारी गरिएको थियो । पछिल्लो पटक थप गरिएको समयअनुसार निषेधाज्ञाको समय बिहीबार मध्यराति सकिंदैछ ।

पर्सामा अझै १ हजार ७९४ जना सक्रिय संक्रमित छन् । पहिलो चरणमा ५५ जनासहित कोरोना संक्रमणबाट जिल्लामा १४६ जनाको मृत्यु भइसकेको छ । अन्य जिल्ला घर भई पर्सामा मृत्यु हुनेको संख्या ११९ पुगेको छ ।

प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको डीसीसीएमसीको बैठकले जिल्लामा एन्टिजेन किटको अभाव रहेकाले प्रदेश २ सरकारको सामाजिक विकास मन्त्रालय तथा संघको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग माग गर्ने, नारायणी अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाका लागि टेन्डर प्रक्रिया सम्पन्न भई सम्झौता भइसकेको अवस्थामा निर्माण व्यवसायीलाई समयमै काम सम्पन्न गर्न ताकेता गर्ने, कोभिड–१९ संक्रमित भएका बिरामीहरुको उपचार गरिरहेका निजी अस्पतालहरुले बिरामीहरुलाई प्रवाह गरेको उपचार सेवा र बिरामीबाट लिने गरेको सेवा शुल्कका सम्बन्धमा अनुगमन टोलीमार्फत अनुगमन गर्ने निर्णय गरेको छ ।

यस्तै मेडिकल अक्सिजनको प्रयोग र प्राथमिकताको आधारमा जिल्लास्थित अस्पतालहरुमा अक्सिजनको आपूर्ति व्यवस्था मिलाउने निर्णय पनि बैठकले गरेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?