Comments Add Comment

गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ३० जनाको मृत्यु

५ जेठ, काठमाडौं । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ३० जनाको मृत्यु भएको छ । पर्वत, नवलपरासी पूर्व, स्याङ्जा, कास्की, गोरखा, तनहुँ, रुपन्देही र पाल्पामा गरी ३० जना संक्रमितको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

पर्वतको कुश्मा नगरपालिका–६ का ६० वर्षीय पुरुषको जेठ ३ गते पर्वत जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उनमा वैशाख ३० गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

पर्वतकै मोदी गाउँपालिका–२ की ७८ वर्षीया संक्रमितको महिलाको मंगलबार होम आइसोलेसनमा मृत्यु भएको छ । उनलाई वैशाख ३१ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस्तै वैशाख २७ गते कोरोना संक्रमण पुष्टि भएका पर्वतको जलजला गाउँपालिका–३ की ६० वर्षीया महिलाको पनि मंगलबार नै मृत्यु भएको छ ।

निर्देशनालयका अनुसार नवलपरासी पूर्वको कावासोती नगरपालिका–२ का ६८ वर्षीय पुरुषकाृ जेठ ३ गते मध्यबिन्दु अूपतालमा उपचारको क्रममा मृत्यु भएको छ । उनमा जेठ २ गते कोरोना संक्रमण पुष्टि भएको थियो । नवलपरासी पूर्वकै कावासोती–१६ का ६८ वर्षीय पुरुषको मंगलबार मध्यबिन्दु अस्पतालमै मृत्यु भएको छ । उनमा वैशाख २९ गते कोरोना पोजेटिभ देखिएको थियो ।

जेठ २ गते कोरोना भाइरस संक्रमण पुष्टि भएका स्याङ्जाको वालिङ नगरपालिका–१३ की ५५ वर्षीया महिलाको चरक मेमोरियल अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको छ । स्याङ्जाकै चापाकोट गाउँपालिका–५ का ७२ वर्षीय संक्रमित पुरुषको मंगलबार गण्डकी मेडिकल कलेज पोखरामा उपचारको क्रममा मृत्यु भएको छ । उनलाई जेठ १ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

स्याङ्जाकै वालिङ नगरपालिका–१ का ७६ वर्षीय पुरुषको जेठ ३ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । उनमा वैशाख ३१ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

स्याङ्जाको पुतलीबजार नगरपालिका–१ का ९२ वर्षीय पुरुषको मंगलबार जिल्ला अस्पताल स्याङ्जामा मृत्यु भएको छ । उनलाई वैशाख २४ गते कोरोना संक्रमण देखिएको थियो । जेठ २ गते कोरोना पोजेटिभ देखिएका स्याङ्जाको वालिङ नगरपालिका–२ की ७७ वर्षीया महिलाको मंगलबार होम आइसोलेसनमा मृत्यु भएको छ ।

स्याङ्जाको गल्याङ गाउँपालिका–११ का २७ वर्षीय पुरुषको जेठ ३ गते गौतम बुद्ध अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको छ । उनमा वैशाख २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । यस्तै भीरकोट नगरपालिका–३ की ७० वर्षीया महिलाको बिहीबार होम आइसोलेसनमा मृत्यु भएको छ । उनलाई मंगलबार मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो ।

कास्कीका थप ६ जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–९ का ४२ वर्षीय पुरुषको बुधबार मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको छ । उनलाई वैशाख २२ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । वैशाख २२ गते कोरोना पोजेटिभ देखिएकी पोखरा–१० की ४८ वर्षीया महिलाको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको छ ।

पोखरा–१५ का ७५ वर्षीय पुरुषको बुधबार ग्यालेक्सी अस्पताल पोखरामा मृत्यु भएको छ । उनलाई वैशाख ३० गते कोरोना संक्रमण पुष्टि भएको थियो । वैशाख २५ गते कोरोना संक्रमण देखिएका पोखरा–१४ का ५६ वर्षीय पुरुषको मंगलबार गण्डकी मेडिकल कलेज पोखरामा उपचारको क्रममा मृत्यु भएको छ ।

यस्तै पोखरा–८ का ५९ वर्षीय पुरुषको मंगलबार गण्डकी मेडिकल कलजमै मृत्यु भएको छ । उनमा वैशाख २५ गते कोरोना संक्रमण देखिएको थियो । वैशाख २९ गते कोरोना संक्रमण पुष्टि भएका पोखरा–१४ का ५४ वर्षीय पुरुषको मंगलबार मृत्यु भएको छ । उनमा वैशाख २९ गते कोरोना पोजेटिभ देखिएको थियो ।

कोरोना संक्रमणबाट गोरखाका तीन जनाको मृत्यु भएको छ । बकराङ–१ की ८४ वर्षीया महिलाको जेठ ३ गते भरतपुर अस्पताल चितवनमा मृत्यु भएको छ । उनमा जेठ ३ गते नै कोरोना संक्रमण पुष्टि भएको छ । गोरखा नगरपालिका–७ का पुरुषको जेठ ४ गते भरतपुर अस्पताल चितवनमा मृत्यु भएको छ । उनमा वैशाख २७ गते कोरोना भाइरस संक्रमण देखिएको थियो । वैशाख २० गते कोरोना पोजेटिभ देखिएका अजिरकोट गाउँपालिका–७ का ३० वर्षीय पुरुषको होम आइसोलेसनमा मृत्यु भएको छ ।

निर्देशनालयका अनुसार तनहुँमा थप ५ जना संक्रमितको मृत्यु भएको छ । जेठ २ गते कोरोना संक्रमण पुष्टि भएका भानु नगरपालिका–४ का ७१ वर्षीय पुरुषको बुधबार चितवन मेडिकल कलेज, भरतपुरमा मृत्यु भएको छ । यस्तै भानुनगरपालिका–१२ की ६५ वर्षीया महिलाको वैशाख २३ गते चितवन मेडिकल कलेज भरतपुरमै मृत्यु भएको हो । उनमा वैशाख २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यसैगरी बन्दीपुर गाउँपालिका–२ का संक्रमित पुरुषको वैशाख ११ गते भरतपुर अस्पताल चितवनमा मृत्यु भएको छ । उनमा वैशाख २ गते कोरोना संक्रमण पुष्टि भएको थियो । व्यास नगरपालिका–१ का ४१ वर्षीय पुरुषको चितवन मेडिकल कलेज भरतपुरमा मृत्यु भएको छ । उनमा वैशाख २६ गते कोरोना संक्रमण देखिएको थियो । यस्तै शुक्लागण्डकी नगरपालिका–५ का ८१ वर्षीय पुरुषको जेठ ३ गते जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास केन्द्र, तनहुँमा मृत्यु भएको छ । उनलाई सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो ।

यसैगरी रुपन्देहीको सैनामैना नगरपालिका–३ का ४९ वर्षीय पुरुषको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको छ । उनमा जेठ २ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

यसैगरी वैशाख २९ गते कोरोना संक्रमण पुष्टि भएकी पाल्पाको तानसेन नगरपालिका–२ की ४४ वर्षीया महिलाको बुधबार चरक मेमोरियल अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४२२ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment