Comments Add Comment

बाँकेमा थप १० जना कोरोना संक्रमितको मृत्‍यु

६ जेठ, काठमाडौं । बाँकेको विभिन्‍न अस्पतालमा उपचाररत थप १० जना कोरोना संक्रमितको मृत्‍यु भएको छ । बुधबार ५ बजे साँझदेखि बिहीबार बिहान साढे १ बजेसम्म यी संक्रमितको मृत्यु भएको छ।

जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार मृतक मध्ये ४/४ जना बाँके र बर्दिया, १/१ जना दाङ र कैलालीका छन् ।

भेरी अस्पतालमा उपचाररत डुडुवा गाउँपालिका-५ बाँकेकी २८ वर्षीया महिलाको बुधबार साँझ ५ बजे, खजुरा गाउँपालिका-३ बाँकेकै ८५ वर्षीय पुरूषको बुधबार साँझ ५: ४५ बजे, जानकी गाउँपालिका-३ की ४४ वर्षीया महिलाको बिहीबार विहान ८:४५ बजे र राप्तिसोनारी गाउँपालिका-६ बाँकेकै ५४ वर्षीय पुरुषको बिहीबार १: २० बजे नेपालगञ्‍ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्‍यु भएको छ ।

यस्तै भेरी अस्पतालमै उपचाररत बासगढी नगरपालिका-४ बर्दियाका ४२ वर्षीय पुरूषको बुधाबार साँझ ६:३० बजे, बढैयाताल गाउँपालिका-८ बर्दियाका ४५ वर्षीय पुरूषको बुधबार राति ८:३० बजे, गुलरिया नगरपालिका-४ बर्दियाकी ६१ वर्षीया महिलाको बिहीबार विहान १:१५ बजे र बढैयाताल गाउँपालिका-५का ४० वर्षीय पुरूषको बिहीबार विहान ९:५५ बजे मृत्‍यु भएको छ।

भेरी अस्पतालमा उपचाररत तुलसीपुर उपमहानगरपालिका-३, दाङका ६५ वर्षीय पुरुषको बुधबार साँझ ७:३० बजे र घोडाघोडी नगरपालिका-४, कैलालीका ४५ वर्षीय पुरूषको बिहीबार विहान १ बजे मृत्‍यु भएको छ ।

योसँगै कोरोना संक्रमणबाट बाँके जिल्लाभित्रका २५७ पुगेको छ भने अन्‍य जिल्ला बाहिरका २१५ जना कोरोना संक्रमतिको उपचारका क्रममा मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment