+
+

सुदूरपश्चिममा थप १० संक्रमितको मृत्यु, ८४९ जनामा संक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ ६ गते २०:०७

६ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेशमा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कैलालीका ५ जना, कञ्चनपुरका ३ जना, बैतडी र डोटीका १/१ जना संक्रमितको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

योसँगै सुदूरपश्चिममा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४०७ पुगेको छ ।  यस्तै प्रदेशभर थप ८४९ जना संक्रमित थपिएका छन् । पीसीआर र एन्टिजेन विधिबाट २ हजार १०१ जनाको परीक्षण गर्दा उनीहरुमा संक्रमण देखिएको निर्देशनालयको तथ्यांकमा उल्लेख छ ।

सुदूरपश्चिममा कोरोना संक्रमितको कुल संख्या ३३ हजार ५१७ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?