+
+
Shares

भारतमा लडाकु विमान दुर्घटना, पाइलटको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ ७ गते १०:३८

७ जेठ, काठमाडौं । भारतीय वायु सेनाको लडाकु विमान दुर्घटना हुँदा पाइलटको मृत्यु भएको छ ।

मिग–२१ लडाकु विमान विहीबार अबेर राति पन्जाबको मोगा भन्ने स्थान नजिक दुर्घटना भएको हो ।

दुर्घटनामा पाइलट अभिनव चौधरीको मृत्यु भएको समाचार एजेन्सी एएनआईले जनाएको छ । उनको शव शुक्रबार बिहान फेला परेको छ ।

विमान पश्चिमी क्षेत्रमा नियमित प्रशिक्षणमा थियो । चौधरीले सो लडाकु विमान राजस्थानको सुरतगढबाट उडाएका थिए ।

मिग–२१ लडाकु विमान कुनै एक समय भारतको वायु सेनाको सबैभन्दा भरपर्दो मानिन्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?