+
+

७६(५) मा जानु अपरिहार्य भइसक्यो : प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ ७ गते १३:१०

७ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६(५) अनुसार नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्नु अपरिहार्य भएको बताएका छन् ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो कदमको बचाउ गरे । जेठ १५ गते बजेट र त्यसभन्दा अगाडि नीति तथा कार्यक्रम ल्याउनुपर्ने भन्दै उनले भने, ‘७६(५) मा जानुपर्ने भएकाले मार्गप्रशस्त गर्नु समयको चाप र परिस्थितिका हिसाबले उचित मात्र होइन, अपरिहार्य भइसक्यो ।’

प्रधानमन्त्री नियुक्तिका लागि संसदबाट विश्वासको मत प्राप्त गर्ने आधार प्रस्तुत गर्न २१ घण्टा समय दिने राष्ट्रपतिको निर्णयको पनि उनले बचाउ गरेका छन् । अढाई महिनामा अविश्वासको प्रस्ताव नआएको तथा तीन दिन समय दिँदा पनि सरकार नबनेको भन्दै उनले भने, ‘अब अढाई महिना नै दिने कि कति दिने ?’

दलहरु मिले २४ घण्टामा सरकार बन्न सक्ने भन्दै ओलीले अघि भने, गए भयो, वैकल्पिक सरकार बनाए भयो । वैकल्पिक सरकार बनेमा म स्वागत गर्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?