+
+
Shares

केपी ओलीको प्रष्टोक्ति : अरु दलले साथ नदिँदा चुनावमा जानु पर्‍यो

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १६ गते ११:०९

१६ जेठ, काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुराना दलहरुलाई सिध्याउने षडयन्त्र जारी रहेको बताएका छन् ।

शुक्रबार अपानि–२ जारी गर्दै ओलीले लोकतन्त्रका लागि लामो संघर्ष गरेका दलहरुलाई सिध्याउने षडयन्त्र भइरहेको सन्देश पठाएका हुन् । ‘नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ,’ ओलीले अपानिमा लेखेका छन् ।

२३ र २४ भदौको घटनापछि प्रतिगमनतर्फ बढेको मुलुकलाई लयमा फर्काउने एमालेले प्रतिनिधि सभा पुनर्स्थापना एजेण्डा अगाडि बढाएको ओलीले अपानिमा लेखेका छन् । तर अरु दलहरुले साथ नदिएकाले चुनावमा भाग लिनु बाध्य भएको प्रष्टोक्ति ओलीले दिएका छन् ।

‘प्रतिगमनतर्फ अग्रसर भएको मुलुकलाई संविधा नर लोकतन्त्रको बाटोमा फर्काउनका लागि प्रतिनिधि सभाको पुनस्थाृपना अपरिहार्य छ भन्ने हाम्रो विश्लेषणलाई नेपालका अन्य लोकतान्त्रिक दलहरुले साथ नदिएका कारणले हाम्रो पार्टी समेत निर्वाचनमा जानु परेको थियो,’ ओलीले लेखेका छन् ।

अरु दलले साथ नदिदा भाग लिनुपरेको चुनावमा एमालेले जित्न नसकेको पनि ओलीले लेखेका छन् । ‘निर्वाचनको परिणाम हाम्रो पार्टीका पषमा रहेन नै । नेपालका प्रमुख लोकतान्त्रिक पार्टीहरुको पक्षमा समेत रहेन,’ ओलीको सन्देश छ ।

ओलीले निर्वाचनको प्रक्रिया समेत शंका गरेका छन् । यद्यपि त्यसबारे छुट्टै समीक्षा प्रतिवेदन ल्याइने पनि उनले लेखेका छन् । ‘… यो निर्वाचन अघिपछिको निर्वाचन जस्तो रहेन । यसको परिणाम पनि स्वभाविक रहेन’, अपानिमा लेखिएको छ, ‘यस सन्दर्भमा पार्टीले समीक्षा प्रतिवेदन मार्फत आफ्नो दृष्टिकोण बाहिर ल्याउने नै छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?