९ जेठ, पोखरा । गण्डकी प्रदेशका नवनियुक्त युवा तथा खेलकुद मन्त्री दीपक मनाङ्गे भनेर चिनिने राजीव गुरुङले आइतबार पद तथा गोपनीयताको सपथ लिएका छन् ।
सत्ताको रस्साकस्सीमा आफूलाई स्वतन्त्र दाबी गरिरहेका मनाङ्गेलाई वैशाख १६ गते सामाजिक विकास मन्त्रालय फुटाएर मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले युवा तथा खेलकुद मन्त्री बनाएका थिए ।
वैशाख २६ गते मुख्यमन्त्रीले राजीनामा दिएसँगै ११ दिनमै गुमेको उनको पद २९ गते ठूलो दलको नेताको हैसियतमा पृथ्वीसुब्बा फेरि मुख्यमन्त्रीमा बाहाली भएपछि जेठ ५ मा मनाङ्गेलाई खेलकुद मन्त्रीमा दोहोर्याएका थिए ।
७ मन्त्रालय रहेको गण्डकीमा मनाङ्गेलाई मन्त्री बनाउँदै मन्त्रालयका संख्या ८ पुर्याएर मुख्यमन्त्री गुरुङले ११ मन्त्रालय बनाएर मन्त्रीलाई जिम्मेवारी बाँडफाँड गरेका छन् ।
५ गते नै किरण गुरुङ, रामशरण बस्नेत, विकास लम्साल, नरदेवी पुन र दीपक मनाङ्गेलाई मुख्यमन्त्री गुरुङले फेरि मन्त्री नियुक्त गरेका थिए । मनाङ्गेले ५ गते काठमाडौं रहेकाले सपथ लिएका थिएनन् ।
किरण गुरूङलाई अर्थ र मनाङ्गेलाई बाहेक सपथ खुवाउँदा बाँकीलाई बिनाविभागी मन्त्रीको रुपमा सपथ खुवाइएको थियो । बेलुका सबै मन्त्रीलाई अन्य मन्त्रालयसमेत गर्ने गरी जिम्मेवारी तोकिएको थियो । मुख्यमन्त्रीसहित ६ मन्त्रीले अहिले ११ मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन् ।
यी हुन् मन्त्रालय र जिम्मेवारी
प्रतिक्रिया 4